परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै, भेटघाट गोप्य राखियो

रिपोर्ट नेपाल | 2019 Jan 10 | 08:27 am 1555

काठमाडौं, पुस २६ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुई दिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गर्दैछन्। रायसिना डायलगको चौथो संस्करणमा भाग लिन उनी नयाँदिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा ज्ञवालीले बिहीबारै उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम छ।

अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा यस वर्षको रायसिना डाइलगको विषय (थिम) ‘अ वल्र्ड रिअर्डरः न्यु जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ।

भ्रमण क्रममा ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने जनाइए पनि को-कोसँग भेट गर्ने भन्‍ने गोप्य नै राखिएको छ। ज्ञवाली शुक्रबार स्वदेश फर्कने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.