परराष्ट्रमन्त्री खड्का चीनको भ्रमणमा जाँदै

रिपोर्ट नेपाल | 2022 Aug 05 | 12:45 pm 2933

काठमाडाैं, साउन २०ः परराष्ट्रमन्त्री डा नारायण खड्का चीनको भ्रमण गर्ने भएका छन् । यही साउन २४ गतेदेखि २६ गतेसम्म भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.