परमाणु हतियार बनाउने अमेरिकाको धम्की

रिपोर्ट नेपाल | 2018 Oct 23 | 12:28 pm 1862

काठमाडौं, कार्तिक ६: अमेरिकाले परमाणु हतियार बनाउने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई दबाव दिन परमाणु हतियारबाट अमेरिकालाई मजबुत बनाउने चेतावनी दिएका हुन्।

पत्रकारहरुसँग ट्रम्पले भने, ‘अमेरिकाले हतियार बनाउने छ जबसम्म मानिसहरुलाई होस आउँदैन।’ उनले भने, ‘यो धम्की हो । तपाईंले जोसुकैलाई यसमा जोड्न सक्नु हुन्छ, चाहे चीन होस् चाहे रुस। यसमा सबै आउने छन्, जो खेल खेल्न चाहन्छन्, सम्झौतालाई पालना गर्दैनन्।’

रुसले १९८७ मा भएको मध्यम दुरीको मिसाइलमा प्रतिवन्ध लगाउने सन्धिको उल्लंघन गरेको ट्रम्पले दोहोर्‍याए । यद्यपि, रुसले त्यसको खण्डन गर्दै आएको छ।

शीतयुद्धको बेला भएको यो सन्धिले यूरोपिय देशमा तत्कालीन सोभियत संघ (हालको रुस)मा खतरा कम गर्नका लागि लागू गरिएको थियो।

अमेरिकाले हतियार बनाएमा आफूले पनि बनाउने चेतावनी रुसले दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.