काठमाडौं, १८ साउन : स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री रहेकी पद्मा अर्यालले नयाँँ जिम्मेवारी पाएकी छिन् । उनले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीकाे जिम्मेवारी पाएकी हुन् ।
संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि स्वास्थय मन्त्री उपेन्द्र यादव बनेको थिए । यादव मन्त्री बनेपछि अर्याललाई हटाउन उनले प्रधानमन्त्रीलाई दवाब दिएका स्रोतले बताउँछन् ।
यस्तै कानूनमन्त्रीमा भानुभक्त नियुक्त भएका छन् । मन्त्रीहरुको सपथ साढे ४ बजे तय भएको छ ।