धादिङ, चैत १३: प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन विभागको चैत १० गतेको पत्र आदेशले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी नायव निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रदान गरिनेमा प्रकाश बुढाथोकी‚ बिमल अधिकारी, रामहरि खड्का र कृष्ण सार्की रहेका छन् ।
उनीहरुलाई प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीद्वारा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।