काठमाडौं, असार २९ : नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडालाई फिफाबाट निलम्बनमा परेका राप्रपाका नेता गणेश थापाले तथानाम गाली गर्दै दुर्व्यवहार गरेका छन् । मंगलबार सोल्टी होटेलमा आयोजित एउटा विवाह भोजमा थापाले खतिवडालाई गाली गर्नुको साथै धम्की दिएका हुन् ।
एन्फा नेतृत्वमा २० वर्षसम्म रहेर निलम्बनमा रहेका थापाले आफूलाई कारबाही गरिएको विषयमा खतिवडालाई धम्की दिएका हुन्। अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले थापालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेपछि थापालाई अख्तियारको निर्देशनमा थापा सांसद पदबाट ६ महिना निलम्बनमा परेका थिए।
थापाले खतिवडालाई माफी माग्न लगाउँदै तथानाम गाली गर्न थालेपछि खतिवडाले लेखासमितिमा कसैलाई बचाउनु र थर्काउनु छैन । तपाईविरुद्ध उजुरी पर्यो, कानुनमा जे लेखिएको छ त्यही अनुसार कारोबारी गरेको हो, नेता खतिवडाले भने ।
फिफाको निलम्बन म आफैँ मिलाउँथेँ, लेखा समितिबाट मलाई किन कारबाही गर्ने निर्णय गरेको रु तपाईँले पनि मसँग माफी माग्नुपर्छ’, भन्दै थापा खतिवडातर्फ गएका थिए ।
यस विषयमा नेपाली कांग्रेसका नेता खतिवडालाई सम्पर्क गर्दा फुटबलको जिम्मेवारी पद सम्हालेका मान्छे यति तल्लो तहसम्म गिर्लान् भन्ने नलागेको बताए ।