‘पदअनुकूल आचरण नगरेको’ भन्दै उपसभामुखलाई हटाउने सत्तापक्षको तयारी

| 2024 Sep 11 | 10:22 am 457

काठमाडौँ २६ भदौ / उपसभामुख इन्दिरा राना मगरले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै सत्तारूढ दलहरूले उनलाई हटाउने तयारी गरेका छन् । त्यसका लागि सत्तारूढ दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका छन् ।

उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारुध दलहरुले हटाउने तयारी गरेका हुन्।

उपसभामुखविरुद्ध हस्ताक्षर सङ्कलन भएको सूचना पाउनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हिजो बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन ।

मंगलबारको संसद् बैठकमा पनि उपसभामुख रानाको पक्ष विपक्षमा सांसदहरुले आआफ्नो धारणा राखेका थिए।सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने निर्णय गरेको थियो।सो निर्णय अनुसार नै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, जसपा, नाउपा र लोसपाको समर्थनमा उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ।

स्रोतका अनुसार दुई तिहाइ सांसदहरूको हस्ताक्षरसहित उपसभामुख रानालाई हटाउने प्रस्ताव दर्ता गर्ने बताइएको छ । यसका लागि मंगलबारदेखि नै सांसदहरूको हस्ताक्षर सङ्कलनको काम भइरहेको बुझिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.