पत्रकार जमाल खसोगीको हत्या भएको पुष्टि

| 2018 Oct 20 | 09:34 am 2176

साउदी अरब, कार्तिक ३: साउदी अरेबियाको एउटा सरकारी टेलिभिजनले पत्रकार जमाल खसोगीको हत्या गरिएको पुष्टि भएको छ।

सरकारी टेलिभिजनले खसोगीको टर्कीको इस्तानबुलमा रहेको वाणिज्य दूतावासमा एक संघर्षपछि ज्यान गएको पुष्टि भएको हो ।

यो मामिलाका डेप्युटि इन्टेलिजेन्स चीफ अहमद अल असीरी र राजकुमार मोहम्मद विन सलमानका वरिष्ठ सहयोगी साउद अल कथानीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

पत्रकार खसोगीको हत्या आरोपमा साउदी अरेबियाका १८ जनालाई पक्राउ गरिएको छ । पत्रकार खशोगीको हत्या भएको तथ्य झूटो भएको भन्दै आएको साउदी सरकारले पहिलो पटक खशोगीको दूतावासमै हत्या भएको स्वीकारेको हो ।

खशोगी राजकुमार मोहम्मद विन सलमानका आलोचक मानिन्थे र उनी गत वर्षदेखि अमेरिकामा बस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.