पटुकाकाे पासाे लगाएर श्रीमानकाे हत्या

रिपोर्ट नेपाल | 2022 Dec 12 | 04:33 pm 1925

अर्घाखाँची, मंसिर २६ः अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिका तुमचौरका ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीलाई श्रीमती लक्ष्मी नेपालीले हत्या गरेकी हुन् ।

गत मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेकाे र सोही रिसले श्रीमती लक्ष्मीले आफ्नाे पटुकाले श्रीमानको घाँटीमा पासो लगाएर मारेकाे बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे जानकारी दिए ।

प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुँइमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिइन । सार्की दाम्पतिले झगडा हुनु पहिले रक्सी पिएका थिए ।

लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.