काठमाडौं, कात्तिक ९ : काठमाडौं हाँडीगाउँ बस्ने भारत मोतिहारीका २२ वर्षीय रामभरोसाकुमार शाहलाई ठूलो पटका करिब ३ हजार वटा, सानो रकेट पटका २ थान र चक्र पटका २ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका ६ धापासीस्थित महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटीएको टोलीले गस्ती गर्ने क्रममा शंका लागि जाँच गर्दा उक्त पटका सहित शाहलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।