काठमाडौँ २९ चैत / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको बताएका छन् ।
राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको बताए । उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए । लिङदेनले राजनीति लेखपढले मात्र हुँदैन भनेका छन् ।’
राजनीतिलाई पेशाको रुपमा नलिई सेवाभावले अवलम्वन गर्नुपर्ने उनको भनाइ रहेको थियो । उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय र छोराछोरी पाल्ने पेशा जस्तो देखिदै गएको बताए । उनले राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना हुदै गहिरहेको बताए ।