पचास थान कम्प्युटर सहयोग

रिपोर्ट नेपाल | 2023 Mar 22 | 07:24 am 1249

सिन्धुपाल्चोक, चैत ८ः विश्व समावेशी संस्था काठमाडौँले सिन्धुपाल्चोकका पाँच विद्यालयलाई ५० थान कम्प्युटर सहयोग गरेको छ।

चौताराको कृष्णरत्न गङ्गा माध्यमिक विद्यालय, रत्नराज्य मावि जुगल, क्षेत्रापलाश्वरी मावि पाँचपोखरी, इन्दे्रश्वरी मावि मेलम्ची, जालपादेवी मावि, बाहुनेपाटीलाई १०/१० थान कम्प्युटर सहयोग गरेको उक्त संस्थाका कार्यक्रम संयोजक गौरी मालाकारले जानकारी दिए।

संस्थाले महिला नेतृत्व विकास तालिमका प्रशिक्षार्थीले प्रयोग गर्ने गरी उक्त कम्प्युटर विद्यालयलाई उपलब्ध गराएको हो। सो संस्थाले सञ्चालन गरिरहेको दुई वर्षे महिला नेतृत्व विकास तालिमअन्तर्गत अंग्रेजी भाषा र कम्प्युटर शिक्षामा प्रशिक्षण दिँदै आएको छ। गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.