काठमाडौं, पुस ११ : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारकाे विश्वसनीयता गुमेको बताएका छन् । संसदको हिउँदे अधिवेशनलाई बुधबार सम्बोधन गर्दै अहिलेको सरकारप्रति छिमेकी र पश्चिमा मुलुकको विश्वसनीयता गुमेको बताएका हुन् ।
‘न उत्तर, न दक्षिण यो सरकारप्रति कतै पनि विश्वास देखिनँ’ उनले भने, ‘हामी आन्तरिक खपतका लागि ठूला कुरा गर्छौ । कसैप्रति अहिले नै युद्ध छेड्न खोजेकोजस्तो कुरा गर्छौं भित्र लत्रक्कै पर्छौं ।’ सरकारले पश्चिमी शक्तिसँग सम्बन्ध सुमधुर बनाउन खोज्नु राम्रो भन्दै भट्टराईले विचार नपु¥याई भूराजनीतिक संवेदनशीलतालाई ध्यान नदिई कदम नचाल्न पनि आग्रह गरे ।
सरकारले विकास र समृद्धिको सपना बाँडे पनि व्यवहारमा नागरिकले केही देख्न नपाएको उनले बताए । विकास र समृद्धिको सपना बाँडिएको छ, यो राम्रा कुरा हो, तर व्यवहारमा कति अगाडि बढ्यो जनताले त्यो हेर्न चाहेका छन्’ उनले भने ‘चीनको रेल न गम्भीरतापूर्वक अघि बढेको छ, न पानीजहाजको कुरा ।’ सरकारले मिति नै तोकेर टिकट काट्न भन्नु हाँस्यास्पद भएको भट्टराईले बताए ।
प्र