न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, १ जना पक्राउ

| 2023 Dec 06 | 10:37 am 689

काठमाडौँ, मङ्सिर २०  । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।कारखाना सञ्चालकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.