न्यूयोर्कमा तिज प्रतियोगिता

रिपोर्ट नेपाल | 2018 Sep 06 | 07:51 am 2492

न्यूयोर्क, भदौ २१: गुल्मी अमिरिका मोडल (जिएम) मुभ्मेन्टले न्यूयोर्कमा पहिलो पटक तिज पर्वका तिज प्रतियोगिता आयोजना गरिएको छ। उक्त प्रतियोगितमा तीन समूहले प्रतिस्पर्धा गरेका थिए।

युनाइटेड शेर्पा एसोसियसन अडिडोरियममा आयोजित प्रतियोगितमा जब मन्‍चमा महिलाहर नाच्‍न थाले त्यसपछि उनीहरुका सानासाना छोराछोरी पनि तिज गितको लयमै तालिम मिलाउने कोसिस गरिरहेका थिए। विदेशी भुमी गएर पनि आफ्नो संस्कृतिलार्इ जोगाउन तथा दुर्इ पुस्ताबीचको खाडललार्इ पुर्न यस्ता कार्यक्रमले साँघुको काम गर्ने विश्वास आयोजकले गरेको छ।

Image may contain: 4 people, people smiling, crowd

उक्त कार्यक्रममा कवियत्री सकुन ज्ञवाली र जिएमकी संस्थापक अध्यक्ष तथा एनआरबीए आइसीसी सदस्य गोमा सेनालार्इ आ-आफ्नो क्षेत्रबाट योगदान गरेवापत सम्मान गरिएको थियो। उनीहरुलार्इ कार्यक्रमका प्रमुख अतिथि रहेका पुष्पराज भट्टरार्इले प्रमाणपत्रसहित सम्मान गरेका थियो भने जर्सी सिटीका मेयरका सल्लाकार डा विष्णु माया परियार र बिजनेस लिडर वेद खरेललार्इ खादा ओढाएर सम्मान गरिएको थियो।Image may contain: 8 people, people smiling, people standing

जिएमका सभापति हरिनारायण सापकोटाको सभापतित्वमा सम्पन्‍न कार्यक्रममा कार्यक्रम संयोजक सिता खरेलले अतिथिहरुलार्इ स्वागत गरेकि थिइन्। कार्यक्रमको सञ्‍चालन अशोक ज्ञवालीले गरेका थिए।

Image may contain: 8 people, people smiling, people standing and indoorImage may contain: 6 people, people smiling, people sitting and indoorImage may contain: 5 people, indoorImage may contain: 4 people, people smiling, people on stage and people standingImage may contain: 5 people, people standingImage may contain: 3 people, people dancing, people standing and crowdImage may contain: 6 people, people on stage and people standing

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.