न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस

रिपोर्ट नेपाल | 2021 Mar 12 | 04:44 pm 2381

काठमाडौं, फागुन २८ः  न्यायपरिषद्ले सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत कुमार चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

त्यस्तै बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृतसहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.