नोट हजारको’ तीज गीतको छायांकन सम्पन्न, छिट्टै सार्वजनिक हुँदै

रिपोर्ट नेपाल | 2026 Jul 21 | 12:32 pm 361

पाल्पा ५ साउन । लोकदोहोरी क्षेत्रमा सक्रिय गायक बसन्त लम्साल र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा रहेको नयाँ तीज गीत ‘नोट हजारको’ को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ।

प्रेम गौतमको शब्द, बसन्त लम्सालको लय तथा विश्वास नेपालको एरेन्ज रहेको गीतको रेकर्डिङ मारुनी स्टुडियोमा गरिएको हो। भिडियोमा लिल सागर, कोशिस, निर्मला र प्रियङ्काको आकर्षक अभिनय रहेको छ।

भिडियोको निर्देशन नारायण बिपी परियारले गरेका छन् भने साहिर के.सी.को कोरियोग्राफी, आशिष भट्टराईको छायांकन, निशा सावतको मेकअप तथा अरुण शर्माको व्यवस्थापन रहेको छ।

गीतको भिडियो पाल्पा दरबार, तानसेन, श्रीनगर तथा बुटवलका रमणीय स्थानहरूमा छायांकन गरिएको निर्माण टिमले जनाएको छ। पोस्टर सार्वजनिक भएसँगै गीतप्रति दर्शक तथा श्रोतामाझ उत्सुकता बढेको छ।

निर्माण पक्षले छायांकन सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै विशेष रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पाल्पाका अध्यक्ष रुपेश कार्की तथा समाजसेवी नारायण भण्डारी लगायत सबै सहयोगीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

‘नोट हजारको’ तीज गीत तीज २०८३लाई लक्षित गर्दै छिट्टै सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.