नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई केसीकाे सुझाव

रिपोर्ट नेपाल | 2021 Apr 07 | 07:14 am 2217

बुटवल, चैत २५ः राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलवारदेखि बुटवलमा शुरू भएको छ । सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले पुनःस्थापित संसद् फेरि विघटन गर्ने षड्यन्त्र शुरु भएको बताएका छन् । अध्यक्ष केसीले संसद्लाई बिजनेस नदिएर कामविहीन बनाउन खोजेको आरोप पनि लगाए ।

उनले आफैंले विघटन गरेको संसद्लाई बिजनेस दिन अप्ठ्यारो भएमा नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिए ।

अदालतको फैसला आउँना साथ राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले उल्टै मुद्दा जिते जस्तो गरी हिँड्नु लज्जास्पद भएको टिप्पणी अध्यक्ष केसीले गरे । मुलुकमा प्राप्त उपलब्धि अझै पनि गुम्न सक्ने खतरा भएको दाबी गर्दै उनले अब बन्ने सरकारको नेतृत्व पनि विदेशी शक्ति केन्द्रहरुको चाहनामा बन्ने संकेत गरे ।

‘कम्फर्ट सरकारको कुरा बाहिर आइरहेको छ । यो भनेको भारत अमेरिका तथा चीनको समर्थनमा बन्ने सरकार हो ।’ –केसीले दाबी गरे । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.