नेविसं‌घले जलायो प्रधानमन्त्री केपी ओलीको पुत्ला

| 2018 Jun 07 | 04:42 pm 2669

काठमाडौँ जेठ २४: नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा कांग्रेसनिकट नेविसं‌घका कार्यकर्ताहरूले बिहीबार प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाइसम्बद्ध विद्यार्थीहरूले पेट्रोलियमको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै पुत्ला जलाएका हुन् । सरकारले केही महिनाको बीचमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि कांग्रेस र उसका संगठनले विरोध गर्दै आएका छन् ।

उसकै भातृसंगठन नेविसंघले मूल्यवृद्धिविरुद्ध देशव्यापी विरोधका कार्यक्रम गरिरहेको छ । नेविसंघले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै चक्काजाम समेत गरेका थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.