नेविसंघ तदर्थ समितिमा ४१ जना थप

| 2024 Mar 16 | 04:16 pm 721

काठमाण्डौ ०३ चैत / कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिमा ४१ जना थप गरेका छन् ।

दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको थियो । सभापति देउवाले विसं २०७८ चैत ९ गते केन्द्रीय अध्यक्षमा शेर्पालाई नियुक्त गरेका थिए । शर्पाले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.