नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

| 2023 Sep 06 | 06:35 pm 1501

काठमाडौँ, भदाै २० । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथी धारिलो हतियार प्रयोग भइ घाइते भएकोमा नेपाल विद्यार्थी संघले भर्त्सना गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

पूर्वमन्त्री समेत रहेका महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकारको पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भर्त्सना गर्दछौं । देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल भएको यस घटनाले पुष्टि गरेको छ।’

घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनुपर्ने पनि नेविसंघले स्पष्ट पार्दै यादवको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.