नेविसंघमा ३२ को उमेर हद कायम गर्न सभापति देउवालाई दबाब

रिपोर्ट नेपाल | 2019 Feb 16 | 03:03 pm 2600

काठमाडौं, फागुन ४ : नेपाल विद्यार्थी संघ आवद्ध नेतृत्वहरुमा अब बन्ने नेविसंघ तदर्थ समिति बनाउदा ३२ बर्ष उमेरको प्रावधान अक्षरसह कार्यन्वय गर्नुपर्ने माग नेविसंघका छात्रा नेतृहरुले गरेका छन्।

भ्यालिका क्याम्पस र विभिन्न जिल्लाबाट नेतृत्वका आकाक्षी ४ सय बढी छात्रा नेतृहरुले शनिबार काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उक्त आग्रह गरेका हुन् । देउवा निवास पुगेका छात्राहरुले विधान विपरीत गएर ३२ वर्ष प्रावधान हटाउन भैइरहेका चलखेलबाट सचेत रहन देउवासँग आग्रह गरेका थिए ।

उनीहरुले ४८ वर्शे इतिहासमा आजसम्म कुनै पनि महिलालाई अध्यक्ष बन्ने अवसर नदेएको गुनासो गर्दै अब बन्ने तदर्थ समितिको नेतृत्व महिलालाई दिनुपेर्ने माग सभापति देउवासँग गरेका थिए । ‘पार्टी सभापति ज्युले नै नेपालमा समाबेशीको कुरा उठाएको र प्रधानमन्त्री, रास्ट्रपति महिलाबाटै बनाउने इच्छा रहेको भन्ने आवाज पटक पटक हामिले सुनेका छौ’, नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य पुजा भट्टले भनिन्, ‘यसको शुरुवात नेविसंघ अध्यक्षमा महिलाको नेतृत्व ल्याएर गर्नुपर्छ ।’

विभिन्न माग सहित बुढानिलकष्ठ पुगेका छात्राहरूसँग सभापति देउवाले ३२ वर्ष उमेर हद कायम रहने र यस पटक महिलाकै सम्भावना बढी भएको बताएको उनीलाई भेट्न पुगेका छात्राहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.