काठमाडौं, माघ २४: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको भातृसंगठन तरुण दल र नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित रहेको ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिएको र निर्दोषलाई कारबाही गरेको भन्दै शुक्रबार कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।
उक्त विरोध प्रदर्शनमा कार्यकर्ताले प्लेकार्डसहित भ्रष्टाचार सरकार चाहिँदैन, निर्दोषलाई फसाउन पाइँदैन, संवैधानिक निकायहरूमा सरकारी हस्तक्षेप बन्द गर,विभेद र पूर्वाग्रह मानिँदैन, काण्डैकाण्डको सरकार चाहिँदैनलगायत नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन्।
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता विजय कुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो।