नेविसंघद्वारा काँग्रेस नेतृत्वलाई खवरदारी

| 2019 Jun 11 | 07:17 pm 3083

काठमाडौं, जेठ २८:  नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थी समुहले पार्टी नेतृत्वलाई सुध्रिन र सुधार गर्न खवरदारी कार्यक्रम सम्पन्न गरेको छ ।

प्रज्ञा भवन कमलादीमा मोतिलाल भण्डारीको सभापतित्वमा र नेपाली कांग्रेस पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यता तथा नेका केन्द्रीय सदस्य पूर्व मन्त्री नविन्द्रराज जोशी, प्रखर वक्ता नेका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेविसंघ पूर्व महामन्त्री मनोजमणि आचार्य, नेविसंघ पूर्व महामन्त्री प्रतिमा गौतम, तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाही, नेविसंघ पूर्व उपाध्यक्ष क्षितिज भण्डारी, नेविसंघ पूर्व कोषाध्यक्ष शिव रिमाल, महामन्त्रीका प्रत्यासिहरु हिमालदत्त श्रेष्ठ, दिपक भट्टराई तथा पूर्व केन्द्रीय सदस्यहरु शुसिल तिमिल्सिना, भोला नेपाल, पुजन गन्धर्व, मनोहरी श्रेष्ठ, पवन नेपाली र विद्यार्थी नेता भुवन भट्ट, संजय चौधरी लगायतले पार्टी नेतृत्वको खुलेरै आलोचना गरे ।

पार्टी भित्र दुर्ई धार रहेको नेता अर्जुननरसिंह केसीले वताए । पार्टीभित्र यथास्थितिवादी र परिवर्तनशिल दुई धार छन् तर सभापति देउवा यथास्थितिवादी धारको नेतृत्व गर्छन् । जसका कारण पार्टीभित्र नयाँ जागरण पैदा हुन नसकेको बताए ।

पार्टी नेतृत्वले पार्टीलाई प्रजातान्त्रिक परिपाटीबाट नचलाएको, भ्रातृ संगठनलाई लथालिङ्ग बनाएको कारण अधिनायकवादी कम्युनिष्टहरुको हर्कत पर्दाफास गर्न नसकिएको जिकिर गरे । मुलुक भ्रष्टाचारमा डुब्न लागेको र सरकारले संबैधानिक निकाय माथि हस्तक्षेप गरी जनतालाई शुशासन दिनबाट चुकेको आरोप लगाउनका साथै नेविसंघलाई मिलेर भ्रष्टाचार विरोधि आन्दोलनमा होमिन निर्देशन दिए ।

पार्टीभित्र परिवर्तन चाहने शक्तिहरु एक हुन अपिल गर्दै नेपाली काँग्रेसको चौधौं महाधिवेशन समय भित्र गराउन सबैले पार्टी नेतृत्वलाई खबरदारी गर्न र नेविसंघलाई गतिशिल बनाउन लाग्नुपर्ने वताए ।

अर्का वक्ता नविन्द्रराज जोशीले रिक्त नेविसंघ शक्ति सन्तुलनका हिसाबले नेतृत्व हाम्रो पक्षले पाउनुपर्ने जिकिर गर्दै पार्टीको चौधौं महाधिवेशन यथाशिघ्र शुरु गर्न पार्टी नेतृत्वसँग माग गरे ।

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेविसंघको नेतृत्व नेताको घरमा धाएर होईनकि विद्यार्थी माझमा काम गरेर नेतृत्वमा पुग्न सुझाव दिए । सरकार अधिनायकवादी बाटोमा हिडेको भन्दै हामी नसुध्रिए आगामी निर्वाचनमा श्रोत शक्तिको बलमा फेरी कम्युनिष्टहरुले देश थप अध्यारोमा धकेल्ने बताए ।

नेविसंघ उमेरले होइन विचार र सिद्धान्तले चल्ने भन्दै यथाशिघ्र नेविसंघको केन्द्रय समिति गठन गर्न माग गरे । अधिकांश वक्ताहरुले नेविसंघको नेतृत्व रिक्त राखेकोमा पार्टी नेतृत्वको कडा आलोचना गर्दै तत्काल नेविसंघ केन्द्रीय समिति गठन नगरे हैसियत अनुसार जिम्वेवारी हाम्रो पक्षलाई नदिए समानान्तर समिति गठन गरि देशभरि संगठन विस्तारमा लाग्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.