नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल | 2026 Oct 07 | 05:34 pm 989

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता युवराज पाण्डेले केन्द्रीय सदस्य (खुलातर्फ) उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा प्रवेश गरेका पाण्डेले नेपाल विद्यार्थी संघको केन्द्रीय नेतृत्वमा महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उनी हाल नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्।

पार्टी संगठन निर्माण, विद्यार्थी राजनीति र कांग्रेसको आन्तरिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका पाण्डेले आफ्नो राजनीतिक यात्रालाई अब पार्टीको केन्द्रीय नेतृत्वसँग जोड्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्। उनले नेविसंघको नेतृत्वमा रहँदा संगठन सञ्चालन, कार्यकर्ता परिचालन तथा राजनीतिक समन्वयको अनुभव हासिल गरेका छन्।

स्याङ्जा क्षेत्र नं. २ बाट कांग्रेसको राजनीतिमा सक्रिय पाण्डे पछिल्लो समय पार्टीको केन्द्रीय राजनीतिक गतिविधिमा समेत देखिँदै आएका छन्। विशेष महाधिवेशनको तयारी तथा पार्टीभित्र नयाँ नेतृत्व, पुस्तान्तरण र संगठन सुदृढीकरणको बहस चलिरहेका बेला उनको उम्मेदवारीलाई विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा पुगेको पुस्ताको प्रतिनिधित्वका रूपमा प्रस्तुत गरिएको छ।

पाण्डे आफूलाई योग्यता, क्षमता, संगठनप्रतिको योगदान र राजनीतिक अनुभवका आधारमा केन्द्रीय सदस्यका रूपमा प्रस्तुत गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग समर्थनको आग्रह गरिरहेका छन्। उनको सार्वजनिक अपिलमा शालीनता, भद्रता र संगठनप्रतिको निरन्तर प्रतिबद्धतालाई आफ्नो राजनीतिक पहिचानका रूपमा अघि सारिएको छ।

पाण्डेले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत प्रदान गरी केन्द्रीय सदस्य (खुलातर्फ) विजयी गराउन हार्दिक अनुरोध गरेका छन्।

उनको उम्मेदवारीले विद्यार्थी संगठनको नेतृत्वबाट पार्टीको केन्द्रीय तहमा पुग्ने युवा पुस्ताको राजनीतिक यात्रालाई पनि प्रतिनिधित्व गर्ने देखिन्छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.