नेविसंघको महाधिवेशन घोषणा अनुशासनहिनता: अध्यक्ष महर

रिपोर्ट नेपाल | 2018 Jul 11 | 08:23 pm 1869

 

काठमाडौं,  असार  २७ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले १२ औँ महाधिवेशनको मिति घोषणा गरेको छ । संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा  बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म महाधिवेशन गर्ने मिति तोकेको हो ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने निर्णय गरेर संघले प्रेस विज्ञप्ति निकालेको छ । बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरीत गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति गठन गरेको र उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ। समितिले ५ दिनभित्र नियमावली तयार गर्नुपर्ने  जारी विज्ञप्तिमा उल्लेख छ ।

तर नेविसंघका अध्यक्ष नैनसिंह महरले महाधिवेशनको मिति घोषणा गरेको खण्डन गरेका छन् । अध्यक्ष महरसँग सम्पर्क गर्दा ३२ वर्षीय हदवन्दीबाट अत्तालिएकाहरुले संगठनर्को मर्यादालाई बिर्सिएर अनुशासनहीन काम गरेको बताएका छन् ।

महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.