नेविसंघका अध्यक्ष महर पक्राउ

| 2019 Feb 05 | 01:42 pm 1751

काठमाडौं, माघ २२ : कास्कीमा आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइएको विरोधमा नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघको जुलुसमाथि प्रहरी हस्तक्षेप भएको छ ।

सरकारको अधिनायकबादी कार्यशैलीविरूद्ध प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको नेविसंघले जनाएको छ।

अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित छ जनालाई प्रहरीले मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

आइतबार प्रदर्शनका क्रममा सरकारी गाडीमा आगजनी गरेको भन्दै नेविसंघ कास्कीका पाँचजनालाई प्रहरीले पक्राउ गरेको र प्रशासनले झूटा मुद्दा लगाएको भन्दै नेविसंघले उनीहरुको रिहाइका लागि आज प्रदर्शन गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.