नेयमारको ‘कमब्याक’ क्रोएसियाको लागि घातक

| 2018 Jun 04 | 06:34 am 2942

काठमाडौं, जेठ २१: ब्राजिलका स्टार फुटबलर नेयमारको ‘कमब्याक’ क्रोएसियाका लागि घातक बनेको छ । विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसियालाई २–० गोलले हराएको छ । इंग्ल्याण्डको लिभरपुलमा रहेको एनफिल्ड रंगशालामा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र फिरिमिन्होले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चोटमुक्त हुँदै नेयमार मैदान छिरेपछि ब्राजिलले ६९औं मिनेटमा गोल गर्यो । फिलिप कोउटिन्होको पासमा गोल गर्दै नेयमारले आफू पुरानै लयमा रहेको संकेत दिएका छन् ।

खेलको इन्जुरी समयमा फिरिमिन्होले गोल थपे ।

विश्वकपमा ब्राजिल ‘समूह ई’ मा छ । ‘समूह ई’मा ब्राजिलसँगै कोष्टारिका, सर्बिया र स्वीट्जरल्याण्ड छन् । यता क्रोएशिया रहेको समूह डीमा अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.