नेप्से १४ अंकले बढ्यो

रिपोर्ट नेपाल | 2018 Jun 06 | 06:17 pm 2649

काठमाडौँ, २३ जेठ : नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज १३.९१ अंकले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि हिजोदेखि शेयर लगानीकर्ताले कारोबार बहिष्कार गरेका थिए ।

सरकारले कर फिर्ता लिएपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताले आज १ः०० बजेपछि कारोबार थालेका थिए । ढिला शुरु भएको बजार कारोबार शुरु भएदेखि नै बढ्न थालेको थियो ।

सूचकमा केही सुधार देखिए पनि कारोबार रकम भने रु २३ करोड ८९ लाख मात्रै भएको नेप्सेले जनाएको छ । आज अन्य उपसूचकबाहेकका सूचक तथा उपसूचक उकालो लागेको थियो । आइतबारबाट आन्दोलनमा उत्रिएका लगानीकर्ता मन्त्रालयले कर फिर्ता लिएसँगै लगानीकर्ताले पनि आफ्नो आन्दोलन स्थगित गरेका छन् ।  रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.