नेप्से परिसूचक १४ दशमलव ८१ अंकले गिरावट

| 2024 Apr 16 | 04:21 pm 585

काठमाडौँ, ०४ वैशाख / नेपाल स्टक एक्सचेञ्जका अनुसार, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सीमित भएको छ ।

नेप्सेका अनुसार कुल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ मूल्यमा कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सीमित भएको छ । कारोबार भएका कुल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स सात करोड ४३ लाख ५३ हजार पाँच सय ७२, पोखरा फाइनान्स छ  करोड ६८ लाख ९८ हजार दुई सय १४, सर्वोत्तम सिमेन्ट चार करोड ५९ लाख ८१ हजार चार सय ३४ र शिवम् सिमेन्ट चार करोड ४७ लाख ४३ हजार सात सय सात बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.