नेप्सेमा उत्साहजनक वृद्धि,

रिपोर्ट नेपाल | 2024 Mar 12 | 03:28 pm 577

काठमाण्डौ २९ फागुन / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ५८.५८ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २.८५ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक २१११ अङ्कको बिन्दुमा पुगेर रोकिएको छ ।

२२ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ । २२० कम्पनीको सेयर मूल्य बढेको छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा आज ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक ५५ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सोनापुरको २४ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज यो कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.