नेप्सेको ओरालो यात्रा कायमै

| 2024 Sep 09 | 03:35 pm 213

काठमाडौँ २४ भदौ / सोमबार पनि शेयरबजारमा गिरावट आएको छ । साताको लगातार दोस्रो दिन बजार घटेसँगै कारोबार रकम पनि संकुचित भएको छ । सोमबार बजार मापक परिसूचक नेप्से ५५.८६ अंकले घटेर २६४६ को बिन्दुमा आएको छ ।

आज २२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२२ कम्पनीको मूल्य घट्यो । कुल २ करोड १० लाख ४८ हजार कित्ता सेयर किनबेच भए । आज १ लाख ११ हजार ९८६ पटकको सेयर किनबेचबाट ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ ।

आज सबै उपसमूहहरु घटे । घट्ने उपसमूहहरूमा जीवन बिमा, निर्जीवन बिमा, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन अघि रह्यो । जिवन बिमा ३३३.८९, निर्जीवन बिमा ३३३.०८, होटल तथा पर्यटन १८४.२८ र लघुवित्त १२२.९४ अंकले घट्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.