काठमाडौं, असार २७ : राजधानीको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा कानुनको प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातिएको छ । कानुन पढ्न कोटा प्रणाली लागू गर्ने कि नगर्ने विषयमा विवाद चर्कदा असन्तुष्ट समूहले बुधबार प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातेका हुन् ।
एलएलबी प्रथम वर्षमा तहमा भर्ना हुन सञ्चालित परीक्षाको उत्तरपुस्तिका च्यातिएको हो । ‘क्याम्पसमा सरहरु कापी चेक गरिरहनु भएको रहेछ,’ उनले भने, ‘कापी च्यातेर फाल्दिएछन् ।’ क्याम्पसका सहयोगीलाई हातपात सहित प्राध्यपाकहरुलाई दुव्र्यवहार गरेको उनले बताए । ‘उत्तरपुस्तिका च्यातेर चौरमा फालेछन्,’ थापाले भने, ‘डिन र परीक्षा शाखाको कार्यालयमा पनि तालाबन्दी गरेर भागेछन् ।’ उत्तरपुस्तिका च्यात्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उत्तरपुस्तिका च्यात्न पुगेका विद्यार्थीले क्याम्पसका कार्यालय सहयोगी उद्धव थापालाई हातपात समेत गरेका हुन् । उक्त समूहले प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातेर नष्ट पारेको प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए ।