नेपाल ल क्याम्पसमा आइतबार बिदा

रिपोर्ट नेपाल | 2023 May 13 | 08:06 am 853

काठमाडौं, बैशाख ३०ः नेपाल ल क्याम्पसमा आगामी आइतबार शोक बिदा दिएको छ। क्याम्पसले कार्यालयमा सहायक पदमा नियुक्ति भइ परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरुको मृत्यु भएपछि शोक विदा दिएको जनाएको हो।

उनको उपचारको क्रममा वैशाख २८ गते मृत्यु भएको थियो। ३१ गते आइतबार यस क्याम्पसमा सञ्चालित बिए एलएलबी, एलएलबी तथा एलएलएम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने ब्यहोरा सबैलाई सूचित गरिएको शोक बिदामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.