काठमाडौँ १९भदौ / नेपाल र श्रीलंका डेभलभमेन्ट–११ बीचको दोस्रो एकदिवसीय अभ्यास खेल आज बिहान सवा १० बजेका लागि तय गरिएको थियो तर, भारी वर्षाका कारण रद्द भएको छ ।
भारी वर्षाका कारण टससमेत हुन नपाइ खेल रद्द भयो । पहिलो एकदिवसीय खेल पनि वर्षाका कारण रद्द भएको थियो । अब नेपालले श्रीलंका डेभलभमेन्ट–११ सँग अन्तिम तथा तेस्रो एकदिवसीय अभ्यास खेल शुक्रबार खेल्ने तालिका छ ।
नेपाली टिम क्यानडामा हुने विश्वकप लिग–२ को सिरिजअघि श्रीलंकामा अभ्यास गरिरहेको हो ।