नेपाल र युएइबीचको खेल सुरु, टस हारेर नेपाल ब्याटिङ गर्दै

| 2019 Jan 25 | 11:36 am 1584

काठमाडौं, माघ ११ : नेपाल र युएइविरुद्धको तीन एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेल सुरु भएको छ।

खेल केहीबेर अघि दुबइमा सुरु भएको छ। टस हारेपछि नेपालले सुरुवाती ब्याटिङ गरिरहेको छ। चिरपरिचित प्रतिद्वन्द्वी युएइसँग नेपालले अहिलेसम्म ५० ओभरका १५ वटा म्याच खेलेको छ। जसमा नेपालले तीन खेल जित्दा ११ खेल युएइले जितेको छ।

एक खेल बराबरी भएको थियो। इतिहास युएइको पक्षमा भएपनि आजको खेलको नतिजा आफ्नो पक्षमा पार्ने तयारीका साथ नेपाली टोली मैदान उत्रेको छ। मंगलबार बेलुकी युएइ पुगेको नेपाली टोलीले त्यहाँ दुई दिन अभ्यास गरेको छ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा चार खेलाडीले पहिलोपटक स्थान बनाएका छन् भने अलराउण्डर शरद भेषावकर टिममा छैनन्। युएईसँग नेपालले ३ वटा एक दिवसीय र ३ खेलको टी–२० क्रिकेट श्रृंखला खेल्ने छ । दोस्रो एकदिवसीय भोली र तेस्रो सोमबार हुनेछ। त्यसपछि नेपालले माघ १७, १८ र २० गते टि ट्वेन्टी श्रृंखला पनि खेल्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.