नेपाल र भारतको सन्धी पुनरावलोकनका लागि सहसचिवस्तरीय बैठक सुरू

| 2019 Feb 07 | 04:27 pm 3834

पाेखरा, माघ २४ :  नेपाल र भारतको १० वर्ष पुरानो वाणिज्य सन्धीको पुनरावलोकनका लागि सहसचिवस्तरीय बैठक पोखरामा सुरू भएको छ ।

भारतीय बजारमा सामान निर्यात, भन्सार दर लगायतका विषयमा छलफल गर्न सचिवस्तरीय बैठक सुरु भएको हो । छलफलमा नेपाली पक्षले भन्सार शुल्क माग्ने, बस्तु जुन नेपालबाट भारत निर्यात र छुट हुने रेलमार्ग विस्तार जलमार्गको प्रवेशमा सहजताको विषयलाई उठाउने तयारी गरेको छ । सन् २००९ मा भएको सन्धी पुनारावलोकनको लागि यसअघि नेपाल र भारतबीच दिल्लीमा गत अगस्टमा वार्ता भएको थियो ।

सह–सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट ९ र भारतका तर्फबाट ७ जना गरि १६ जनाको छलफलमा सहभागि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.