नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्ने पक्का

| 2025 Apr 18 | 12:18 pm 613

काठमाडौँ ०५ वैशाख २०८२ / गभर्नर नियुक्तका लागि गत बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको भागवण्डा टुंगिएको सकारात्मक संकेत पाएपछि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन् ।

बहालवाला कार्यकारी निर्देशकलाई नै गभर्नर नियुक्त गर्न मिल्न वा नमिलने भन्ने कानुनी अन्यौलता देखिएपछि भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।

गभर्नर कांग्रेसको भागमा पर्नेगरी भागवण्डा टुंगिएपछि बिहिबार नै कांग्रेस सभापति शेरबहादुर देउावाले भट्लाई बोलाएर छलफल गर्दै भगर्नर बनाउने सिग्नल दिएका थिए ।

गभर्नरका लागि उच्च राजनीतिक तहबाटै ग्रिन सिग्नल पाएपछि भट्टले शुक्रबार राजिनामा दिएका हुन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले डा भट्टलाई गभर्नर नियुक्ति गर्ने निश्चितजस्तै भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.