काठमाडौं, कात्तिक १७: नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत डा कोइरालालाई प्रस्ताव गरिएको छ । तर, त्रिविमा भन्दा डा कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।