काठमाडाैं, कार्तिक २७ । नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरेको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीमती संघको तर्फबाट हस्तान्तरण गरेकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास बालुवाटारमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका अन्य पदाधिकारीहरुको उपस्थितिमा प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषका लागि चेक हस्तान्तरण गरिएको हो ।