काठमाडौं, चैत ७ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा रिक्त रहेका ९ सय १४ जना हवल्दार पदमा जवानहरुको वढुवा सिफारिस गरिएको छ।
वढुवा समितिको वैठकले शुक्रबार गरेको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूह- उप समूहतर्फको प्रहरी हवल्दार पदमा वढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संसोधन सहित ) को उप- नियम ४ को प्रावधान अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
https://nepalpolice.gov.np/images/pc-hc-promotion-2077-12-06.pdf
