काठमाडौं, चैत १०ः नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका हुन् । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन् । ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाश पाउँदै छन्। उनी अवकास हुन लाग्दा सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।