ललितपुर, भदौ ११ः नेपाल प्रहरीको काम कारवाहीलाई समयानुकुल प्रविधि मैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उद्देश्य अनुरुप पाइलट प्रोजेक्टको रुपमा बिहीबार महानगरीय प्रहरी परिसर ललितपुरबाट नेपाल प्रहरीको मोवाईल एप नेपाल पुलिस औपचारीक रुपमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी बरीष्ठ उपरीक्षक टेक प्रसाद राईंबाट सुरुवात गरिएको छ ।

उक्त एप २४/७ मनिटरिङ गर्ने जनशक्ति सहित संचालन गरिएको हाे ।
उक्त “Nepal Police” Mobile App Android प्रयोगकर्ताहरूले Google Play Store र Iphone प्रयोगकर्ताहरूले App Store बाट Download गरी पहिलो पटकको लागी Register गरी प्रयोग गर्न सकिनेछ ।
Mobile App बाट Covid 19 सम्बन्धी उजुरी, घरेलु हिंसा, ज्यान सम्बन्धी, अपहरण, ठगी, यौनजन्य अपराध, लागू औषध, लुटपाट र डांका र चोरी, सवारी दुर्घटना, मानिस हराएको, हातहतियार र बिष्फोटक पदार्थ, बाढी, पहिरो तथा अन्य शिर्षकमा नेपाल प्रहरीलाई उजुरी गर्न सकिनेछ । उक्त Mobile App मा Panic Mode Enable गर्ने सुविधा समेत उपलब्ध रहेकाे छ ।