नेपाल प्रहरीको प्रवक्तामा कडायत

| 2020 Jul 29 | 05:58 pm 2293

काठमाडौं, साउन १४ः नेपाल प्रहरीले नयाँ प्रवक्ता नियुक्ति गरेको छ । नयाँ नियुक्ति हुनेमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत रहेका छन् ।

उनलाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको जनाएको छ ।

यसअघि प्रवक्तामा निरज शाही रहेकोमा उनी बढुवा भएपछि कडायतलाई नयाँ प्रवक्ता बनाइएको हो ।

गृहमन्त्रालयले शाहीलाई एआइजीमा बढुवा सिफारिस गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.