नेपाल प्रहरीको डिआइजीको सरुवा को कहाँ परे सूचीसहित

रिपोर्ट नेपाल | 2023 Jan 12 | 02:32 pm 1557

काठमाडौं, पुस २८ः नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा गरिएको छ । प्राप्त समाचार अनुसार आज सरुवा गरिएका डिआइजीमा प्रहरी महानिरीक्षको सचिवालयमा कार्यरत टेक प्रसाद राईलाई लुम्बिनी प्रदेश लगिएको छ ।

त्यसैगरी अशोक सिंहलाई विशेष ब्यूरो नक्सालबाट सुदूरपश्चिम प्रहरी कार्यालय, दिपक थापालाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयबाट बागमति प्रदेश प्रहरी कार्यालय, श्यामलाल ज्ञवालीलाई साइबर ब्यूरो भोटाहीटी काठमाडौंमा कार्यरत–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट १ नं प्रदेश प्रहरी कार्यालय, किरण बज्रचार्य बागमति प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालय प्रशासन विभाग आर्थिक विभाग प्रशासन तथा प्रबन्ध निर्देशनालय, सन्दीप भण्डारी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग कार्यरत नेपाल प्रहरी शिक्षालय भरतपुरबाट प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय, सुदिप गिरी १ नं प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालय विशेष ब्यूरो, भिम प्रसाद ढकाल प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयबाट कर्णाली प्रदेश प्रहरी कार्यालय, रामदत्त जोशी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, नल प्रसाद उपाध्याय लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौं, मोहन कुमार आचार्य सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरो, मसाउद आलम खाँ मधेश प्रदेश प्रहरी कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, वसन्त बहादुर कुँवर प्रधान कार्यालय कार्य विभागबाट मधेश प्रदेश प्रहरी कार्यालयमा काज सरुवा भएका छन् ।

सूचीहरूः

No photo description available.

No photo description available.

No photo description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.