काठमाडौँ, असार ६ : सरकारले नेपाल प्रहरीका सात वटा संघीय प्रहरी इकाइ कार्यालय खारेज गरेको छ ।
खारेजीमा महाकाली, भेरी, लुम्बिनी, धौलागिरी, मेची, नारायणी र सगरमाथा रहेका छन् । यी कार्यालयहरू आगामी आउन १ गतेदेखि अस्तित्वमा रहने छैनन् ।
यस अघि १४ वटामा अञ्चल प्रहरी कार्यालय रहेकोमा एक वर्ष अघि मात्रै अञ्चल प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरी संघिय प्रहरी कार्यालय राखेको थियो ।
खारेजीमा परेका यी प्रहरी कार्यालयको दरबन्दीलाई सातवटा प्रदेश प्रहरी कार्यालयमा स्थानान्तरण गरिने भएको छ। केन्द्रको प्रत्यक्ष नियन्त्रणमा रहने गरी संघीय प्रहरी इकाइ कार्यालय सेती, कर्णाली, राप्ती, गण्डकी, बागमती, जनकपुर र कोशी समेत गरी सात संघीय प्रहरी इकाइ कार्यालय राख्ने निर्णय भएको छ।