दाङ, जेठ १२ः नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अन्य सकुशल रहेका छन् ।
अध्यक्ष पोख्रेल चढेकाे प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोले ठक्कर दिएको हो ।
अध्यक्ष पोख्रेलको कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए ।
पाेख्रेल गत चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला दाङ आएका हुन् । उनले हिजो घोराहीका पत्रकारहरुसँग भेटघाट गरेका थिए । आज अध्यक्ष पोख्रेल तुलसीपुरका पत्रकारहरुसँग भेटघाटका लागि त्यहाँ गएका थिए ।