नेपाल निजामती कर्मचारी युनियन गुल्मीद्वारा शैक्षिक पुरस्कार वितरण

रिपोर्ट नेपाल | 2018 Sep 04 | 09:53 pm 3001

  • रमेश वि.क.

गुल्मी, भदौ १९ : नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले आफ्नो स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गरेको छ । आज सदरमुकाम तम्घासमा सामुदायिक तथा संस्थागत विद्यालयबाट २०७४ सालको एसईई। परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूलाई सम्मान तथा युनियन शैक्षिक पुरस्कार वितरण गरेको छ ।

त्यस्तै गुल्मी जिल्लामा कार्यरत आर्थिक वर्ष २०७४/०७५ मा सेवा निवृत्त २१ जना निजामती कर्मचारीहरूलाई सम्मान समेत गरेको थियो । गुल्मीमा कार्यरत निजामती कर्मचारीहरूका सन्तती र गुल्मी जिल्लाबाट सामुदायिक र संस्थागत विद्यालबाट एसईई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेकी सुपुत्री एञ्जिला पाण्डे, जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत झविलाल वि.क.का सुपुत्र प्रविण वि.क. र सिँचाई विकास डिभिजन कार्यालय गुल्मीका सहयोगी हिरा बहादुर पुनका सुपुत्र उज्वल पुनलाई सम्मान सहित युनियन शैक्षिक पुरस्कार वितरण गरेको थियो ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीका अध्यक्ष मेघलाल पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ र नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियन ९संघ० गुल्मीका सचिव मधुप्रसाद घिमिरेले गरेका थिए ।

त्यस्तै कार्यक्रममा आधिकारिक ट्रेड युनियन गुल्मीका अध्यक्ष जयश्वर पन्थी लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख तथा जिल्लामा कार्यरत विभिन्न तहका कर्मचारीहरूको समेत उपस्थित रहेका थिए । कर्मचारी आफ्नो पेसागत हकहितमा एकजुट भई लाग्नु पर्ने र निजामती कर्मचारीको आचरणमा रही राष्ट्रसेवामा लाग्नु पर्ने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले शुभकामना मन्तव्य तथा आफ्नो भनाई व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव पन्थी खिलध्वज पन्थी, आधिकारिक ट्रेड युनियन गुल्मीका अध्यक्ष जयश्वर पन्थी लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.