- महेश सिंह
सिरहा, असार ९ः लहानमा नेपाल नाइँ संघले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको छ । सिरहाको लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयमा आन्दोलन तयारीको विषयमा बृहत् भेला भई छलफल गरेका छन् ।
कोरोना भाईरस कोभीड १९ को कारणले नेपालमा लकडाउन भएको तीन मैहिना बितेको छ । लकडाउनको प्रभावमा परेर रोजगारी गुमाएको सैलुन ब्यसायहरुले मारमा परेका छन् । नेपाल नाइँ संघको मातहतमा रहेर काम गर्ने हजाम जातिको पुर्खौली पेसा कपाल, दाह्री काट्ने उनीहरुको मुख्य पेसा रहेको छ।
ग्रामीण भेगबाट कमाउने उद्देश्यले बजार केन्द्रीत भएका हजाम (ठाँकुर) जातिको पेसा बिगत ३ महिना देखि मारमा परेका छन् । लहान नगरपालिका भित्र रहेको हजाम जातिको पुर्खौउली पेसा गुमाएका हुन्।
नेपाल नाइँ संघका लहान नगर अध्यक्ष सुनिल ठाकुरले भने हामीहरु गाउँबाट बजार केन्द्रीत भएको हौं । बजारमा कोठा भाडा लिई सैलुन संचालन गर्दै आएका छौं । नेपाल सरकार लकडाउन खुकुलो गर्यो बैंक देखि लिएर दर्जनौं पसलहरु खुल्यो तर हाम्रो सैलुन खोलनमा किन प्रतिबन्ध लगाएकाे भनी उनीहरुले सरकारलाई आरोप लगाएका छन्।

सैलुन ब्यवसाय गरी जिविको पार्जन गर्दै आएका नेपाल नाइँ संघका जिल्ला सदस्य हेमन्त बहादुर ठाँकुरले बताए।
अध्यक्ष ठाँकुरका अनुसार हामीले सैलुन खोल्न लहान नगरपालिकाको कार्यालय तथा लहानको मेयर मुनि साह सुढीलाई सैलुन खोल्न माग गर्दै ज्ञापन पत्र समेत भुझाएका बताए ।
लहान नगर भित्र १ सय ५ वटा सैलुन रहेको नगर अध्यक्ष सुनिल ठाकुरले बताए । मागको लागि ईलाका प्रसारण कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा र लहान नगरपालिकाको कार्यालय लहानमा समेत ज्ञापन पत्र बुझाए तर केही वास्ता नभएको बताए ।
सरकारले हाम्रो माग पूरा नगरे चरणबद्ध तरिकाले देशब्यापी रुपमा आन्दोलनमा जाने नेपाल नाइँ संघका जिल्ला अध्यक्ष रामचन्द्र ठाकुरले बताए ।
नाइँ श्रमिकहरुको माग नाइँ श्रमिकलाई लकडाउन अबधिको कोठा भडा र पसल भाडा छुटको ब्यबस्था गर, नाइँ श्रमिकलाई राहतको ब्यबस्था गर, नाइँ श्रमिकहरुको बैंक तथा सहकारीबाट लिएको ऋणको ब्याज मिनाहा गर लगायतका माग गरेको नगर अध्यक्ष ठाकुरले बताए ।