धनकुटा, साउन १ः नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग गर्ने एक जनालाई ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा, पाख्रिबास नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय दिवाकर देउजा रहेका छन् ।
नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्याई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको हुँदा कारबाही गरी पाउँ भनि नेपाल टेलिकमको २०७७ असार १२ गते यस ब्यूरोमा निबेदन प्राप्त भएको थियो ।
उक्त निबेदन अनुसार ब्यूरोको अनुसन्धानका सिलसिलामा ह्याकरले ग्लतचबअभबदभि क्ष्लतभचलभत प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँच बनाएको देखिएको थियो ।
प्राप्त प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट धनकुटा, पाख्रिबास नपा ५ स्थाई घर भई हाल धनकुटा नपा ४ सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत देउजालाई बुधबार पक्राउ गरेको ब्यूरोले जानाएको छ ।
उनलाई धनकुटाबाट पक्राउ गरी बिद्युतिय कारोवार ऐन २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडी बढाउनको लागि नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौं पठाइएको ब्यूरोले जानकारी दिएको हो।